सानिमा लाइफको आईपीओ बाँडफाँड, यसरी हेनुहोर्स नतीजा ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड भएको छ ।कम्पनिले सर्वसाधारणका लागि २० गतेदेखि २४ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको हो ।आईपीओ मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथाबात विक्री गर्दा ५ लाख ४० हजार जनाले १०र १० कित्ता पाएका छन । भने १७ लाख ६८ हजार १सय १२ जना आवेदकले कम्पनिको शेयर पाएका छैन्न ।
कम्पनिको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । जसमा एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएको र २३ लाख ८ हजार १२२ योग्य आवेदन सदर भएकोमा सदर आवेदकमध्ये ५ लाख ४० हजारले १० कित्तँका दरले पाएका छन भने १७ लाख ६८ हजारको हात खाली भएको कम्पनिले जनाएको छ ।
कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको थियो ।
इन्स्योरेन्सको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड रहेको छ ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)
https://meroshare.cdsc.com.np/#/login