ज्योति लाइफको दाबी भुक्तानी ८५५.६१ प्रतिशत बढ्यो, नाफा सतिह सबै सूचक बढे, प्रतिशेयर आम्दानी ६ रुपैयाँ « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

ज्योति लाइफको दाबी भुक्तानी ८५५.६१ प्रतिशत बढ्यो, नाफा सतिह सबै सूचक बढे, प्रतिशेयर आम्दानी ६ रुपैयाँ



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ८०.५१ प्रतिशत बढेर १३ करोड १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड २० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६५.६७ प्रतिशत बढेर ३ अर्ब १० लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८१ करोड १३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ६४.७७ प्रतिशत बढेर ३ अर्ब ११ करोड ३१ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड ९३ लाख ६५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब २० करोड रुपैया, जगेडा कोष २५.५० प्रतिशत बढेर ५७ करोड ५८ लाख २६ हजार रुपैयाँ र जीवन बीमा कोष पनि ११४१९ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ८८ लाख १ हजार रुपैयाँ जम्मा भएको छ ।

समिक्षा अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५४ प्रतिशत बढेर ४ अर्ब ८८ करोड ७१ लाख ५० हजार रुपैंयाँ र बीमालेख धितो कर्जा १११.६९ प्रतिशत बढेर ४६ करोड ३ लाख ४१ हजार रुपैयाँ गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको अभिकर्ता कमिसन ५४.७२ प्रतिशत बढेर ४६ करोड ३३ लाख ९१ हजार रुपैयाँ गरेको छ । कम्पनीको दाबी भुक्तानी ८५५.६१ प्रतिशत बढेर ९ करोड ४० लाख १३ हजार रुपैयाँ गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९.३१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्