आइतबार सुन १ हजारले बढ्यो, प्रतितोला ९० हजार ७ सय पुग्यो

काठमाडौं । आज आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुन तोलामा १ सय र चाँदी तोलामा २० रुपैयाँले बढेको छ । आज सुन तोलामा १ हजारले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।