सानिमा जनरल इन्स्योरेन्सको छलाङ, नाफा ५५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

सानिमा जनरल इन्स्योरेन्सको छलाङ, नाफा ५५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको कम्पनिको खुद नाफा ५५ प्रतिशतले उकालो लागेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनिले ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा संगै कम्पनिको कम्पनीको खुद बीमाशुल्क १६ करोड ३४ लाख ६८ हजार रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.५८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनिले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीले २ हजार ९६ वटा दाबीवापत १८ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ५५२ वटा दाबी बापत २८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ, बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ४९ हजार रुपैयाँ सञ्चित छ रहेको छ । कम्पनिको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको हो ।

अन्य सुचकसंगै कम्पनिको प्रतिशेयर आम्दानी ८ रुपेयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६३.५७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्