सिद्धार्थ इन्स्योरेन्सको नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानी घट्यो, खुद बीमाशुल्क आर्जन ९२ करोड रुपैयाँ

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ०.७१ प्रतिशतले बढेर ३० करोड २३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड २ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १३.९३ प्रतिशत बढेर ९२ करोड ४० हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८० करोड ७५ लाख ६३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको पुनर्बीमा कमिशन ४.१८ प्रतिशत बढेर ३५ करोड ३७ लाख ३४ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १२ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ९.१० प्रतिशत बढेर ३३ करोड ७ लाख ३३ हजार रुपैयाँ, बीमा कोष १९.५३ प्रतिशत बढेर ९८ करोड ९१ लाख ३४ हजार रुपैयाँ र महाविपत्ती कोष ७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसा घटेर २७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ३९.१९ गुणा रहेको छ ।
कम्पनीले गत असार मसान्तसम्म १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत असार मसान्तसम्म कम्पनीका ४० हजार १३७ वटा बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले कूल १० हजार ५०६ वटा दाबी बापत १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ७७ वटा दाबी बापत १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।