एमाले फर्कियो २०७५ जेठ २ मा, मंसिर १० मा दशौं महाधिवेसन गर्ने निर्णय « Arthapath.com
२० असार २०८२, शुक्रबार

एमाले फर्कियो २०७५ जेठ २ मा, मंसिर १० मा दशौं महाधिवेसन गर्ने निर्णय



काठमाडौं । एमालेका तत्कालिन बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी गठन गरेसंगै एमाले २०७५ जेठ २ अघिको संरचनामा फर्किएको छ । पार्टीका १० स्थायी समिति सदस्यहरुको आग्रह अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ ।

मंगलबार ललितपुरको च्यासलस्थीत तुलशिलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकमा नेताहरुको आग्रह अनुसार २०७५ जेठ २ अघिकै पार्टी कमिटि क्रियाशिल हुने भएको छ ।

साथै एमालेको दशौं महाधिवेसन आगामी मंसिर १० देखी १२ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकमा यसअघि स्थायी समितिमा रहेका माधव नेपाल पक्षिय तर पार्टी विभाजनको बेलामा नेपाललाई साथ नदिएका नेताहरुको आग्रहमा महाधिवेसनको मिति तोकिएको हो ।
एमालेले अशोज ५ र ६ गते विधान महाधिवेसन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्