एमालेले १० बुँदे सहमति कार्यन्वयन गर्न बनायो कार्यदल, कात्तिक ६ गते देशभर वडा अधिवेशन

काठमाडौं । एमालेले १० बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल बनाएको छ । १० बुँदे सहमति कार्यन्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, दश प्रतिशत केन्द्रीय सदस्य सदस्य मनोनयन, विभागहरुको पूर्णता तथा पुनर्गठनको गृहकार्य गर्न कार्यदल बनाएको हो ।
सात सदस्यीय कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।
पार्टी एकताको सन्देश दिन भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
त्यसैगरी कात्तिक ६ गते वडा र ९ गते पालिका स्तरको अधिवेशन गर्ने पनि बैठक गर्ने निणैय पनि आजको बैठकले गरेको छ ।त्यसैगरी असोज ४ गतेबाट ६ गतेसम्म विधान महाधिवेशन, मंसिर १० देखि १३ गतेसम्म दशौं महाधीवेश गर्ने टाइमलाईन तोकेको छ ।
