गुलिया बचन बोलेर फकाइ–फकाइ एमाले नेताहरुलाई रिसोर्टमा थुनियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालले एमालेका नेताहरुलाई डाडाँमा लगेर थुनेको आरोप लगाएका छन । हिजो बसेको स्थायी कमिटी बैठकमा भएका निर्णहरु जानकारी दिनका लागि आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती नेपालले आरोप लगाएका हुन ।
‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’ ओलीले बैठकमा माधव पक्षका नेतालाई भनेका हुन ।
त्यसैगरी ओलीले एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले देशको समुन्नति र प्रगति गर्ने जिम्मेवारी एमालेकै काधँमा रहेका बताएका छन । उनले सरकारले अध्यादेश ल्याएर पार्टि फुटाउने षडयन्त्र रचेको बताए । यसरी पार्टिमा फुटको खेती नहोस भनेर संसदीय दल वा पार्टीमा ४० प्रतिशतको व्यवस्था गरिएको ओलीले जनाएका छन ।
एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र उत्पन्न विवादले पार्टीलाई ठूलो क्षति परेको उल्लेख गरेका छन । उनले एमाले नेपाली राजनितिको मुल प्रवाह भएकोले माधव नेपालको हानीकारण बाटो छाडेर पार्टीको मूल प्रवाहमा आउन नेपाल पक्षमा लागेका नेतालाई आग्रह गरेका छन ।















