२ कार्तिक २०८३, सोमबार

गण्डकी प्रदेशका मन्त्रीमध्ये विन्दुकमार थापा सबैभन्दा धनाढ्य, ९० तोला सुन, १५ तोला हिरा, नगद ५५ हजार रुपैयाँ



काठमाडौं । गण्डकी प्रदेशको मन्त्रीहरुमा सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकमार थापा रहेका छिन् । मन्त्री थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल रहेका ६ वटा घर रहेका छन् । मन्त्री थापाको सम्पत्ति विवरणमा पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्ट गरी ६ वटा घर देखाएका छन् ।

तर मन्त्री थापाले नगद भने ५५ हजार रुपैयाँ मात्र रहेको उल्लेख गरेका छन् । त्यस्तै, मन्त्री थापाले ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ ।

थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने २ वटा गाडी, रोलेक्स र कार्टियर घडी ३ थान छ । थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।