गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते बोलाएको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६औँ वार्षिक साधारण सभा भदौ २४ गते होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।
यसअघि बैंशाख २१ गते बस्ने भनिएको कम्पनीको सभा स्थगित भएको थियो । संचालक समितिको बैठकले बैशाख २१ गते बस्ने संस्थाको २६ औं वार्षिक साधारण सभा आयोजन गर्ने सन्दर्भमा कोरोना महामारीका कारण स्थगित गरेको थियो । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने भएको छ ।
आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू सभाले छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।
सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
