नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता

काठमाडौ। नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता भएको छ । आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता गरेका हुन ।
सम्झौता भएसंगै महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा ल्इ ज्यचल कार्यक्रमलाई जाडाले सहयोग गर्ने छ ।नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।
सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
