शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य तोलामा छ सय रुपैयाँले बढेको छ । आज हिजोको तुलनामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ६ सय र तेजावि सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो बिहीबार छापावाला सुन तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी सुन ९० हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्