ग्लोबल आईएमई लघुवित्तले गर्यो कोरोना संक्रमणबाट ज्यान गुमाउने ओलीका परिवारलाई ४ लाख ५ हजार सहयोग « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल आईएमई लघुवित्तले गर्यो कोरोना संक्रमणबाट ज्यान गुमाउने ओलीका परिवारलाई ४ लाख ५ हजार सहयोग



काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले ४ लाख ५ हजार आर्थिक सहयोग गरेको छ । लघुवित्तले कोरोना संक्रमणका काराण ज्यान गुमाएका सदस्य लिला ओलीको परिवारलाई ४ लाख ५ हजार आर्थिक सहयोग गरेको हो ।

लघुवित्तको शाखा कार्यलय राडीबजार रुकुम पश्रिम अन्तर्गत सदस्य लिला ओलीले ३ लाख कर्जा लिगेको र कोरोना संक्रमणका कारण मुत्यु भएकोले बिमा बापत ३ लाख र कुया खर्चबापत १ लाख ५ हजार गरि ४ लाख ५ हजार रुपैयाँ केन्द्रीय कार्यलय पोखरा सम्झना बजारका स्टेशन प्रमुख नबराज केसी र शाखा कार्यलय राडीबजारका निमित्त शाखा प्रमुख रमेश गिरिले ओलीका श्रीमान शिब बहादुर ओलीलाई हस्तान्तरण गरेको लघुवित्तले जानकारी दिएको छ ।

वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, एक लाख २८ हजार ५ सय ३ जना सदस्यहरुलाई वित्तिय सेवा दिदै आएको छ ।

May be an image of 7 people, child, people standing, outdoors and text that says 'POCO SHOT ON ON POCO M2'


प्रतिक्रिया दिनुहोस्