सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा



काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले प्रतिफल घोषणा गरेका छन् । सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आफ्ना इकाईधनीलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट प्रतिफल घोषणा गरेका हुन् । फण्डको भदौ १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्