शुक्रबार सुनको भाउ बढ्यो, चाँदी घट्यो « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

शुक्रबार सुनको भाउ बढ्यो, चाँदी घट्यो



काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ९ सय र तेजावि सुन प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसनयी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ सयले घटेर छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय छ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्