मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयले जनायो आपत्ति

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले आपत्ति जनाएको छ । आज मन्त्रालयले एक विज्ञप्ति जारी गदै छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको प्रति आपत्ति व्यक्त गरेको हो ।
‘सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’ उक्त विज्ञप्ति मा उल्लेख गरिएको छ ।
दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठनले शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
