एकैदिन तोलामा ७ सयले घट्यो सुनको भाउ « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

एकैदिन तोलामा ७ सयले घट्यो सुनको भाउ



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एकैदिन ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्