यी हुन बागमती प्रदेशमा मन्त्री बन्नेहरु ?

काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् । उनको सरकारी निवासमा मन्त्री छान्नको लागि नेकपा एमालेको बैठक बसिरहेको स्रोतले जनाएको छ ।
शाक्य निकट एक नेताका अनुसार आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्रीसहित ९ जनालाई नियुक्त गरी मन्त्रिपरिषदलाई ११ सदस्यीय बनाउने तयारी उनले गरेकी छन् ।
बागमती प्रदेशमा मन्त्री बन्नेहरूमा रामेछाप निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी शान्तिप्रसाद पौडेल, दोलखाबाट चुनाव जितेकी रचना खड्का सिन्धुलीबाट निर्वाचित सांसद प्रदीप कटुवाल र चितवनका विजय सुवेदी लगायतको नाम चर्चामा रहेको स्रोतले जनाएको छ ।
त्यस्तैगरी मकवानपुरबाट समानुपातिक तर्फकी सांसद जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्रीमा नियुक्त हुने चर्चा चलेको छ ।
त्यसैगरी बागमती प्रदेशमा शाक्य मुख्यमन्त्री भएकै दिनबाट कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानून मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सहालिसकेका छन् ।