तेह्रथुम पावरको आईपीओ यी ४ तरिकाबाट हेर्न सकिन्छ
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज (भदौ २५ गते, शुक्रबार) बिहान १० बजे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा बाँडफाँड गरिएको हो ।
कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै योग्य रहेका छन् । भने ८ हजार ८२० जना आवेदकको १ लाख ८ हजार ७६० कित्तामा पनि रद्द गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाएका छन् । आवेदन दिएका आवेदकमध्ये २२ लाख ८१ हजार ४७ जनाको हात रित्तो भएको छ ।
कम्पनीको आईपीओ बाँडफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । तेह्रथुम पावरको वेबसाइट https://terhathumpc.com/, बिकी प्रबन्धक एनआबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)













