आइतबार सुनको भाउ ४०० र चाँदी २० ले रुपैयाँले घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइतबार सुनको भाउ ४०० र चाँदी २० ले रुपैयाँले घट्यो



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ ४ सय र चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज सुन एकैदिन तोलामा ४ सयले घटेरछापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैया र चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्