कांग्रेस क्रियाशील सदस्यता विवाद थप १० जिल्लामा टुङ्गो लाग्यो
काठमाडौँ । कांग्रेस क्रियाशिल सदस्यता विवाद थप १० जिल्लामा टुङ्गो लागेको छ । कांग्रेस महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको पार्टि कार्यलयले जनाएको छ ।
५७ जिल्लाको क्रियाशिल सदस्यता विवरण सार्वजनिक गरेकोमा थप १० जिल्लाको पनि टुङ्गो लागेर क्रियाशिल सदस्यता सार्वजनिक गर्ने तयारी भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
त्यसैगरी १० जिल्लाको विवाद पनि छिटै समाधान गरि क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्ने पौडेलले बताएका छन । २० जिल्लाको क्रियाशिल सदस्यता विवरण सार्वजनिक भएपछि मात्र वडा अधिवेशन सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।















