बिहिबार एकैदिन सुन तोलामा ७ सयले घट्यो

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ७ सयले घटेको छ । आज सुन तोलामा ७ सयल रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ५ स र तोजावि सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी स्थिर रहदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ९१ हजार २ सय र त तेजावी सुनको मूल्य तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।