२ कार्तिक २०८३, सोमबार

नेकपा एसका १६ सांसदको पद तत्कालका लागि जोगियो



काठमाडौं । नेकपा एमाले पार्टीले कारवाही गरेको १६ जना सांसदको पद तत्कालका लागि जोगिएको छ । एमालेले लुम्बिनी प्रदेशका २ सांसदसहित १६ जनालाई पदमुक्त गरेको मुद्धामा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

मंगलबार उक्त मुद्धामा बहस भएपनि तत्कालका लागि अन्तरिम आदेश दिन अस्विाकार गरेको हो । न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।