सुनको भाउ ९ सय र चाँदी २५ रुपैयाँले बढ्यो « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सुनको भाउ ९ सय र चाँदी २५ रुपैयाँले बढ्यो



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज एकैदिन सुन तोलामा ९ सय र चाँदी २५ रुपैयाँले बढेको छ ।

आज सुन ९ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार १ सय तेजावि सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार २ सय र तेजावि सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी ५ रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा २ सय र चाँदी ३५ रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तेजावि सुन ८८ हजार ४ सय ५० र चाँदी तोलामा १ हजार १ सय ३५ रुपैयँमा कारोबार भएको थियो ।

आइतबार भने सुनचाँदी स्थिर रहेर शुक्रबारकै मुल्यमा कारोबार भएको थियो । गत शुक्रबार सुन एकैदिन तोलामा १४ सय र चाँदी ३० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँ र चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्