गरिमा विकास बैंकका ग्राहकले ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । गरिमा विकास बैङ्कले काठमाडौँको विशाल नगरमा रहेको ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’सँग उनीहरूले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो ।
बैङ्कले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्ने छन् ।
हेयर ट्रान्सप्लान्टमा २५ देखि ४० प्रतिशत सम्मको छुट पाउने छन् भने स्किन एन्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत छुट पाउने छन् । त्यसै गरी हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशतसम्म र डेनटल ट्रिटमेन्ट २० प्रतिशत छुट पाउने छन् भने ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट पाउने छन् ।