प्रभु क्यापिटलको १३ औँ वार्षिक साधारण सभा भोलि हुँदै, ४० प्रतिशत लाभांश पारित गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु क्यापिटलको १३ औँ वार्षिक साधारण सभा भोलि हुँदै, ४० प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । प्रभु क्यापिटलको वार्षिक साधारण सभा भोलि (असोज १६ गते, शनिबार) हुने भएको छ । प्रभु क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको थियो । क्यापिटलको वार्षिक साधारण सभा होटल एलफ्ट छायाँ सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

क्यापिटलको सभाले आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट कर सहित १७.६१ प्रतिशत नगद लाभांश र कम्पनीको चुक्ता पूँजीको २२.३८८५ प्रतिशत बोनस शेयर गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक बर्ष २०७७–७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ । त्यस्तै, लेखापरिक्षको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७–७८ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, क्यापिटलको सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐनको दफा १११ को उपदफा ३ बमोजिम लेखापरिक्षकको सुमन आचार्यलाई पुनः नियुक्त गर्नेछ ।

त्यस्तै, आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट करसहित नगद लाभांशको रुपमा १७.६१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै, कम्पनीको चुक्ता पूँजीको २२.३८८५ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस शेयर वितरण गरि चुक्ता पूँजी बृद्धि गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने र नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावलि संशोधन एंवम परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्