५६ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्बमा खुम्चियो
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार पनि शेयर बजार ओरालो लागेको छ । केही दिन यता निरन्तर ओरालो लागेको बजार आज पनि ५५.९३ अङ्कले घटेर सबै समूह राताम्मे भएको हो ।
आज कारोबार मापक शेयर बजार परिसूचक ५६ अङ्कले घटेर २५७७.४९ अङ्कमा पुगेर बजार बन्द भएको छ । गएको बिहीबार बजार ३२.५१ अङ्कले घटेर परिसूचक २६३३.३२ अङ्कमा आइपुगेर बजार बन्द भएको थियो ।आज दिनभर २ सय ३२ कम्पनीको ८ करोड ९४ लाख ८ हजार ९ सय ३७ कित्ता शेयर ५२ हजार ३ सय ९१ पटक कारोबार हुँदा ३ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ ।

यस दिन सबै समूह राताम्मे भएको छ सबैभन्दा बढी जीवन बिमा समूहका लगानीकर्ताले गुमाएका छन् । आज जीवन बिमा समूह २७२, निर्जीवन बिमा समूह १८८, विकास बैङ्क १३८, हाईड्रोपार १११, उत्पादन समूह १०७, होटेल एन्ड टुरिजम १०२, फाइनान्स ९७, माईक्रोफाइनान्स ६९, व्यापार समूह ५६,अन्य समूह ३३, बुकिङ समूह २९, र लगानी समूह ३ अङ्कले घटेको छ ।

















