सनराइज बैंकको १४ औं वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम « Arthapath.com
१७ आश्विन २०७८, आईतवार

सनराइज बैंकको १४ औं वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम



काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ आश्विन १५ मा बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् ।

आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ ।

दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पुर्याउने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्