नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज १७ गते बसेको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्