११ लघुवित्तको लाभांशः सबैभन्दा धेरै स्वाभिमानले ३४ प्रतिशत दिँदा आरएसडिसीको सबैभन्दा कम, कसको कति ?

काठमाडौं । विभिन्न लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका हुन् ।
जसमा नेप्सेमा सूचीकृत विभिन्न ११ वटा लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांशको घोषणा गरेका छन् । जसमा मिर्मिरे लघुवित्त, डिप्रोक्स लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, स्वरोजगार लघुवित्त, साधना लघुवित्त, स्वाभिमान लघुवित्त, लक्ष्मी लघुवित्त, आरएसडिसी लघुवित्त, आशा लघुवित्त, सिभिल लघुवित्त र गँरास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
हालसम्म लाभांश वितरण गरेको विभिन्न लघुवित्तले घोषणा गरेको लाभांशमा सबैभन्दा बढी स्वाभिमान लघुवित्तले ३४ प्रतिशत दिने भएको छ । त्यस्तै, लक्ष्मी लघुवित्तले २७.३६ प्रतिशत, साधना लघुवित्तले २६.३१ प्रतिशत, आशा लघुवित्तले २६.३१ प्रतिशत, स्वरोजगार लघुवित्तले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।
त्यस्तै, हालसम्म लाभांश प्रस्ताव गरेका लघुवित्त संस्थाहरुमा सबैभन्दा कम आरएसडिसी लघुवित्तले १०.५२ प्रतिशत र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
