फेरी बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोकार भइरहेको छ ।
हिजो बिहीबार छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुन ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
