३६.८४ प्रतिशत लाभांश पारित गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभा कात्तिक १७ गते « Arthapath.com
२० असार २०८२, शुक्रबार

३६.८४ प्रतिशत लाभांश पारित गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभा कात्तिक १७ गते



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १२ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले १२ औँ वार्षिक साधारण सभा कात्तिक १७ गते बोलाएको हो । कम्पनीको सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७७–७८ का लागि चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात ७ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर कर प्रयोजनार्थ १.८४ प्रतिशत अर्थात ३६ लाख ८४ हजार २१०.६ रुपैयाँ बराबरको नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश पारित गर्ने छ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गरी १ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्