जुरमुराउँदै एमाले, देशभर ६ हजार ७ सय ४५ वडामा कात्तिक ६ गते अधिवेशन गर्ने « Arthapath.com
३१ आश्विन २०७८, आईतवार

जुरमुराउँदै एमाले, देशभर ६ हजार ७ सय ४५ वडामा कात्तिक ६ गते अधिवेशन गर्ने



काठमाडौँ । पार्टी फुटको असर भोगिरहेको नेकपा एमालेले आगामी कात्तिक ६ गते देशभरको वडा अधिवेशन गर्ने भएको छ । 

एमालेमा माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी खोलेपछि पार्टी फुटको असरलाई कमजोर बनाउने रणनीतिका साथ एमालेले वडा अधिवेशन गर्न लागेको हो । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । 

नेकपा पार्टी बनेपछि देशभर एकै पटक ६ हजार ७ सय ४५ वडामा कात्तिक ६ गते नयाँ वडा नेतृत्व चयन गर्नेछ । एमालेले भदौ १५–१७ मा विधान महाधिवेशन गरिसकेको छ । आगामी मङ्सिरमा हुने महाधिवेशन अगाडि सबै वडा स्थानिय तह, जिल्ला र प्रदेश तथा जनसङ्गठनहरूको अधिवेशन गर्ने कार्य तालिका रहेको छ । 

यी हुन वडामा निर्वाचित हुने पदहरू 

एमालेको सबैभन्दा तल्लो कमिटीको रूपमा रहेको वडा कमिटीमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । हरेक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्