ओली सरकारले गरेकाे नियुक्ती धमाधम हटाउँदै देउवा सरकार, राखेप सदस्यसचिव सिलवाल बर्खास्त

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषदकाे सदस्यसचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।
२०७७ साउनमा तत्कालिन केपी ओली सरकारले सिलवाललाई खुल्ला प्रतिस्प्रर्धामा सदस्यसचिव नियुक्त गरेकाे थियाे । एमाले अध्यक्ष केपी शर्मा ओली निकट सिलवाल शैक्षिक माफियासमेत हुन् ।
वर्तमान सरकारले यसअघिकाे सरकारले गरेका नियुक्ती हटाउने क्रम जारी राखेकाे छ । साेही क्रममा सिलवाललाई हटाउन दशैँ अघिनै स्पष्टिकरण साेधिएकाे थियाे ।
अझै झण्डै ४ वर्ष कार्यकाल बाँकी छदैं सरकारले सिलवाललाई हटाएकाे हाे । केपी ओलीका भक्त रहेका सिलवाल निजि गाेल्डेनगेट कलेजका संचालक हुन् । उनि त्रिभुवन विश्व विद्यालयका प्राध्यापकबाट रिटायर कर्मचारी हुन ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराज नियुक्ती भएसँगै सिलवाल बर्खास्तीमा परेका हुन् । सरकारले युवा परिषदकाे उपाध्यक्ष माधव ढुङ्गेललाई पनि बर्खास्त गर्न प्रक्रिया अधि बढाएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै रेल विधरभागका जिएम गुरू भट्टराई, कर्मचारी संचय काेषका प्रशासक तुलसी गाैतम, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्म ढुङ्गानालाई यसअघसनै सरकारले हटाईसकेकाे छ ।