महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा÷उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।
कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको “National Business Meet-2078” राष्ट्रिय सम्मेलन सम्पन्न भएको इन्स्योरेन्सले जनाएको छ ।
सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका छन् । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा “ युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
