नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. घिमिरेलाई नियुक्त गरेको हो ।
बीमा क्षेत्रमा विद्यावारिधि गरिसकेका घिमिरेलाई सरकारले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विनेशका प्राध्याक समेत रहेका छन् । साथै मन्त्रिपरिषदको बैठकले सञ्चालक समितिको सदस्यमा मदन पोख्रेललाई समेत नियुक्त गरेको छ ।