तिहार अघिनै ५ लाख गरिबलाई ५ अर्ब बाँड्दै सरकार, कार्यविधी मन्त्रीपरिषदबाट पास
काठमाडाैँ । सरकारले गरिब काेराेना प्रभावितकाे नाममा ५ अर्व बाँड्ने भएकाे छ । सरकारले गत अशाेज १५ गते बजेटकाे प्रतिस्थापन बिधेकमार्फत ५ लाख गरिव परिवारलाई दशैँ खर्च बाँड्ने बताएकाे थियाे ।
राज्यकाे सम्पति गरिबकाे नाममा कार्यकर्ता पाेष्न खाेजेकाे भन्दै प्रतिपक्ष एमालेले बिराेध गरेकाे छ । सरकारले दशैँ अघिनै वितरण गर्ने भनेकाे ५ लाख परिवारलाई दश हजारकाे दरले बाँड्ने प्रश्ताव मन्त्रीपरिषदबाट कार्यविधी पास गरेकाे छ ।
अव गरिब परिवारले दश हजारकाे दरले नगद तिहार अघिनै पाउने भएका छन् । हिजाे बसेकाे मन्त्रीपरिषद बैठकले कार्यविधि पास गरेकाे हाे ।