फ्रान्सका लगानीकर्तालाई नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbaoले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन ।
लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत Gilles Bourbao लाई आग्रह गरेका हुन ।
कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।
