सुर्या लाइफको ब्राण्ड लोगो परिवर्तन, नयाँ ब्राण्ड अनुसार अघि बढ्ने प्रतिवद्धता « Arthapath.com
९ कार्तिक २०७८, मंगलवार

सुर्या लाइफको ब्राण्ड लोगो परिवर्तन, नयाँ ब्राण्ड अनुसार अघि बढ्ने प्रतिवद्धता



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्तरुपमा अनावरण गरे ।

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित÷सेवाग्राहीहरुलाई सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी दश बर्ष भन्दा बढी अवधि देखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे । उनले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन्, भन्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको कुरा ब्यक्त गरे ।

त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा ब्यक्त गरे । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्ग, पुरस्कृत अभिकर्ता÷एजेन्सी मेनेजरहरुको तर्फबाट सुनिल खडका तथा कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार ब्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्