मङ्सिर १ गतेदेखी १ रुपैयाँले घट्यो विद्युत महसुल, अब सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मङ्सिर १ गतेदेखी १ रुपैयाँले घट्यो विद्युत महसुल, अब सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल घटाएको छ । विद्युत् नियमन आयोगको सिफारिसमा प्रति यूनिट १ रुपैयाँ महसुल घटाएको हो । 

मङ्गलवार एक कार्यक्रममा उर्जामन्त्री पम्फा भुसालले विद्युत महशुल घटाइएको बताइन् । मन्त्री भुसालले सर्वसाधारणको घरको चुलोमासमेत आयाातित ग्यासको भन्दा स्वदेशमै उत्पादित विद्युतको प्रयोग गर्न सरकारले आग्रह गरेको छ । 

सरकारले विद्युतको महसुल घटाएको र प्रति घर २० युनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको मन्त्री भुसालले बताइन् । यसअघि सरकारले प्रति युनिट १२ रुपैयाँ असुल गर्दै आएकोमा आगामी मङ्सिर १ देखी लागु हुनेगरी ११ रुपैयाँमा झारिएको मन्त्री भुसालले बताइन् । विदूत नियमन आयोगले दिएको सुझावको आधारमा महसुल घटाइएको हो । 

सहरी क्षेत्रका सरकारी कार्यालयमा अनिवार्य विद्युतीय सवारी: मन्त्री भुसाल 

त्यसै गरी उर्जामन्त्री भुसाल ले नेपालमा विद्युतीय गाडीको खपत बढाउन विशेष सहुलियत दिन लागेको बताइन् । सरकारले नै अव सरकारी कार्यालयमा अनिवार्य विद्युतीय सवारी किन्ने नीति ल्याएको बताएकी छिन् । भुसालका अनुसार अव सहरी क्षेत्रमा कार्यालयले नयाँ सवारी खरिद गर्दा अनिवार्य विद्युतीय गाडी खरिद गर्ने निर्णय भएको छ । 


प्रतिक्रिया दिनुहोस्