इभोलुसन ट्रेडिङबाट आईफोन खरिद गर्नेले १ वर्षसम्म निशुल्क डाटा चलाउन पाउने, नेपाल टेलीकमले कम्पनिसंग गर्यो सम्झौता

काठमाडौं । इभोलुसन ट्रेडिङबाट आईफोन खरिद गर्नेले १ वर्षसम्म निशुल्क डाटा चलाउन पाउने भएका छन् । नपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता भएसंगै इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क पाउनेछन् । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो बुधबार हस्ताक्षर गरेका हुन ।
नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै आईफोन १३ मा प्रयोग गरेको अवस्थामा अवस्थामा उल्लिखित १ वर्षसम्मको डाटा प्याकेज उक्त सिममा उपलब्ध गराइने नेपाल टेलीकमले जानकारी दिएको छ । साथै उक्त ष्एजयलभ ज्ञघ (आइफोन १३) मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर Evo Store_मार्फत निःशुल्क उपलब्ध गराउने छ ।
यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।
Apple को नयाँ भर्सन(आइफोन १३) प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने टेलीकमले जनाएको छ ।