चाबहिल तरकारी बजारमा सनराइजकोे क्यूआरबाट भुक्तानी सेवा सुरु « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

चाबहिल तरकारी बजारमा सनराइजकोे क्यूआरबाट भुक्तानी सेवा सुरु



काठमाडौं । सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेंलले सुरु गरेका हुन् ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेट मार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामाग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा Free Wifi को समेत व्यवस्था गरेको छ । ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा काठमाडौं नगरपालिकाका ०७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल, बेष्ट फुड बजार प्रा.लि.का संचालकसुवास घिमिरे र उपेन्द्र पाण्डे,F1Soft International Pvt. Ltd. ( Fonepay) का अध्यक्ष विश्वास ढकालर् , बैंकका वरिष्ठ पद्याधिकारीहरु लगायत चाबहिलको तरकारी तथा फलफूल बजारका सदश्यहरुको उस्थिति रहेको थियो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो,झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्