आइएमई जनरल इन्स्योरेन्स र पिक मि बिच बीमा सेवा सम्बन्धि सम्झौता सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मि का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन ।
यस सम्झौता पश्चात पिक मिका चालक र पिक मि प्रयोग गर्ने सबै ग्राहकहरुको १ लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मि का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मिका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मिका ग्राहकले ride sharing, food तथा App Store बाट डाउनलोड गर्न सक्ने बताए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पिक मिका चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मिका अध्यक्ष लगायत एष्अप ःभ टिमलाई धन्यवाददिदै कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरेका छन् ।