२४ श्रावण २०८३, आइतबार

प्रभु बैंकको लाभांश घोषणा, १२ प्रतिशत बोनस दिदा नगद कति ?



काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले बैंकको हाल कायम चुक्ता पुजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२।६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।