बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा ३,५०० सम्मको छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक गा्रहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउने भएका छन् ।
प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत दराजबाट आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद र्गो कार्डबाहक ग्राहकहरुले ३५ सयसम्म छुट पाउने योजना ल्याएको हो ।
जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा पाउनेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।