नबिल बैंकका ग्राहकले दराजको ११.११ अफरमा १५ प्रतिशत क्यासब्याक पाउने « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

नबिल बैंकका ग्राहकले दराजको ११.११ अफरमा १५ प्रतिशत क्यासब्याक पाउने



काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा यहि कात्तिक २५ गतेदेखि गते देखी मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतदेखि अधिकतम ३ हजारसम्म क्यासब्याक पाउनेछन् । क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३५ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन नविल बैंक्ले आग्रह गरेको छ ।

बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्