कामना सेवा विकास बैंकको १५ औ साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारीत « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

कामना सेवा विकास बैंकको १५ औ साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारीत



काठमाडौं । कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा कात्तिक २३ गते मंगलबार सम्पन्न भएको छ । हिजो मंगलबार बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको साधारण सभाले १९.४७ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँको १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पीकेएफ टि आर उपाध्याय एण्ड कम्पनी लाई नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए

। संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन कार्यक्रम समेत रहेको यस साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध घोषणा भएका हुन । त्यसैगरी मंगलबार बसेको सञ्चालक समितिको बैठकले सुदिप आचार्यलाई अध्यक्षमा चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्