प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, लकडाउनलाई निरन्तरता दिने वा नदिनेमा छलफल हुने « Arthapath.com
२३ असार २०८२, सोमबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, लकडाउनलाई निरन्तरता दिने वा नदिनेमा छलफल हुने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक डाकिएको हो।

बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत अन्य नियमित समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुने र लकडाउनलाई निरन्तरता दिने वा नदिने बारेमा पनि छलफल हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्