महालक्ष्मी लाइफले २३१६ प्रतिशत दाबी भुक्तानी गर्यो, खुद बीमाशुल्क ३९ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क ३९.२५ प्रतिशत बढेर ३२ करोड ५२ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष १००.१४ प्रतिशत बढेर २० करोड ८९ लाख ६३ हजार रुपैयाँ, जीवन बीमा कोष ५८.८५ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७८ लखा ६७ हजार रुपैयाँ र महाविपत्ति कोष १०० प्रतिशत बढेर २ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म कम्पनीको खुख नाफा ४.८९ प्रतिशत बढेर २ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड ४२ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको ३ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २३१६.२० प्रतिशत बढेर ४ करोड ६० लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ८५ लाख रुपैयाँ र बीमालेख धितोमा २२ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा इन्स्योरेन्सले ३ हजार ४३५ वटा बीमालेख जारी गरी ३३ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्ससम्ममा कम्पनीले २९८ वटा दाबी वापत ४ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ वटा दाबी वापत ४१ लाख ६६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकि छ ।