नेपाल लाइफको नाफा ओरालो यात्रामा, झण्डै शत प्रतिशत नाफा घट्दा, प्रतिशेयर आम्दानीमा पनि गिरावट « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

नेपाल लाइफको नाफा ओरालो यात्रामा, झण्डै शत प्रतिशत नाफा घट्दा, प्रतिशेयर आम्दानीमा पनि गिरावट



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ओरालो यात्रा शुरु भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले खुद नाफा घटेको जनाएको छ । जीवन बीमा बजारमा नम्बर वानको ताज बोकेको नेपाल लाइफको नाफामा गिरावट आएसँगै अन्य कम्पनीले ताज सम्हाल्ने प्रयास गरिरहेका छन् । कम्पनीको खुद नाफा यस अवधिमा झण्डै शतप्रतिश घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ९६.९३ प्रतिशत घटेर ७० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको साही अवधिसमा कम्पनीले २२ करोड ९० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ८९ करोड ३९ लाख ९२ हजार रुपैयाँ जीवन बीमा धितोबापत कर्जा लगानी गरि ५२ करोड ४४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको असोज मसान्तसम्म दाबी भुक्तानी ३ अर्ब ९१ करोड ६७ लाख २६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६९ करोड १९ लाख ६१ हजार रुपैयाँ दबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ७६.२९ प्रतिशत घटेर ८६ करोड ९६ लाख ४८ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको जीवन बीमा कोष २५.२५ प्रतिशत बढेर १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख ४६ हजार रुपैयाँ र महाविपत्ती कोष ३.८३ प्रतिशत बढेर ६३ करोड १३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ०.३९ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात ४३३८.०३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्